महिला भलिवलमा नेपाल पुलिस क्लव फाईनलमा
काेराेला पोस्ट १ कार्तिक २०७९, मंगलबार


म्याग्दी, १ कात्तिक। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी महिला भलिवलमा नेपाल पुलिस क्लव फाईनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गदै फाईनलमा प्रवेश गरेको हो । पुलिसले गण्डकी माथि २५–१०, २५–१८, २५–११ को सेटमा जित निकालेको थियो ।

त्यस्तै एपीएफले बागमति प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । एपीएफले बागमति माथि २३– २५, २५–२३, २५–२२, २५–१६ को जित निकाल्दै फाईनल प्रवेश गरेको थियो ।

नेपाल पुलिस क्लवकी कामना विष्ट र एपीएफकी की निरुता थकुन्ना वुमन अफ द म्याच भएका थिए । कात्तिक दुईगते हुने फाईनलमा नेपाल पुलिस क्लव र नेपाल शसस्त्र बल एपीएफ विच प्रतिस्पर्धा हुने छ ।

तेस्रोको लागि बागमति प्रदेश र गण्डकी प्रदेशविच कात्तिक २ गते विहान १० बजे प्रतिस्पर्धा हुने छ ।