तेक्वान्दोः गेरोकीकोे स्वर्णपदक मधेश प्रदेश र आर्मीलाई
काेराेला पोस्ट ३० आश्विन २०७९, आइतबार


म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी तेक्वान्दो खेलको तेस्रो दिन भएको गेरोकीतर्फको स्वर्ण पदक पुरुषतर्फ मधेश प्रदेश र महिलातर्फ आर्मीले जितेको छ । आईतबार म्याग्दीको सदरमुकाम बेनीस्थित कवडहलमा भएको प्रतिस्पर्धामा पुरुषतर्फको ५८ केजी तौल समूहमा मधेश प्रदेशका म.शोएैव अख्तरले स्वर्णपदक जितेको छन् । फाईनलमा नेपाल पुलिसका सुवासचन्द बोहरालाई पराजित गर्दै स्वर्ण पदक जितेका थिए ।

नेपाल आर्मीका लोक बहादुर राउट र बागमती प्रदेशका रेशन केसी तेस्रो भएका थिए । त्यस्तै महिलातर्फको माईनस ५३ केजी तौल समुहमा नेपाल आर्मीकी गिता कठायतले स्वर्ण पदक जितेकी छन् । फाईनलमा एपीएफकी अस्मीता खड्कालाई पराजित गरेकी थिईन । नेपाल पुलिस क्लवकी आयसा लामा र लुम्वीनीकी निलिमा मल्ल तेस्रो भएका थिए ।
पुरुषतर्फ नेपाल प्रहरी र महिलातर्फ आर्मीको वर्चश्व रहेको छ ।