एपीएफसंग आर्मी पराजित
काेराेला पोस्ट ३० आश्विन २०७९, आइतबार

म्याग्दी, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफसंग आर्मी पराजित भएको छ ।

आईतबार भएको खेलमा एपीएफले आर्मीलाई ३– १ को सेटमा पराजित गरेका हुन् । भलिवलप्रेमी दर्शको भिडमा भएको उक्त खेलमा एपीएफले २५–२०, १९–२५, २५–२१ र २५–२३ आर्मी माथि जित निकालेको थियो ।

लिग अन्तरगत एपीएफ वाईनर र आर्मी रनर हुदै दुवै टिम क्वाटरफाईनलमा प्रवेश गरेका छन् । प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी निरुता थकुन्ना भएकी छन् । त्यस्तै पुलिस वाईनर र लुम्वीनी प्रदेश रनर हुदै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।


आईतबार साढे १ बजे मधेश प्रदेश र बागमति प्रदेशविच खेल हुनेछन् । सोमबारदेखि क्वाटरफाईनका खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सात प्रदेशसहित नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सहभागिता रहेको छ ।

#SPorts