महिला भलिबलमा एपीएफ, बागमती र पुलिसको विजयी
काेराेला पोस्ट २८ आश्विन २०७९, शुक्रबार



म्याग्दी, २८ असोज । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ, बागमती प्रदेश र नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेश, बागमतीले प्रदेश १ लाई र नेपाल पुलिस क्लवले लुम्वीनी प्रदेशलाई सोझो सेटमा पराजित गरेका हुन् ।

भलिवलप्रेमी दर्शको भिडमा भएको प्रतियोगितामा एफीएफले २५–६, २५–०२ र २५–०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो ।

त्यस्तै बागमतीले प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गरेको थियो । बागमतीले २५–७, २५–१२ २५–१२ प्रदेश १ माथि जित निकालेको थियो ।

शुक्रबार लिग अन्तरगत चौथो खेलमा नेपाल पुलिस क्लबले र लुम्बिनी प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । पुलिसले २५–१० २५–११, २५– ९ मा लुम्वीनी प्रदेश मािथ जित निकालेको थियो ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । लिग अन्तरगत शनिबार नेपाल आर्मी र कर्णाली प्रदेश, मधेश प्रदेश र प्रदेश १ को खेल हुनेछन् ।