महिला भलिबलमा एपीएफको विजयी सुरुवात
काेराेला पोस्ट २८ आश्विन २०७९, शुक्रबार


म्याग्दी । नवौं राष्ट्रिय खेलकुदको महिला भलिबलमा एपीएफको बिजयी सुरुवात गरेको छ । म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।


एफीएफले २५–६, २५–०२ र २५–०७ को सेटमा कर्णालीमाथि जित निकालेको थियो । महिला भलिबलमा ७ प्रदेश र ३ विभागिय टोलीको सहभागिता रहेको छ । शुक्रबार हुने तीन खेलमध्ये बागमति प्रदेश र प्रदेश १, नेपाल पुलिस क्लव र लुम्वीनी प्रदेशको खेल हुँदैछन् ।

apf :महिला भलिबलमा एपीएफको विजयी सुरुवात – YouTube