घासँको भारी बोकेर घरतर्फ आउदै गरेका कृषक
काेराेला पोस्ट १७ आश्विन २०७९, सोमबार


म्याग्दी, १७ असोज । गाउँमा चाडपर्वको रमझमसंगै कृषकलाई कामको पनि चटारो हुन्छ । रघुगंगा गाउँपालिका– २ राखु भगवतीका कृषकहरुले विहानको समयमा खेतबारीमा गएर घासँ काटेर दिउँसको समयमा चाडपर्व मनाउनेसंगै आफन्तसंग भेटघाट, गाउँमा आयोजित मेलापर्वमा रमाउने चलन छ । बडादशैँको अवसरमा धार्मिक पर्यटकियस्थल भगवती कोत मन्दिरमा पुजाआजाँ र मैदानमा लाग्ने मेलामा रमाउनका लागि विहानको समयमा घासँ काट्ने गर्दछन् । निलगिरी अन्नपूर्ण हिमालको पुष्ठभूमिमा घासँको भारी बोकेर घरतर्फ आउदै गरेका कृषक । तस्विर :धीरनबहादुर खत्री ।