म्याग्दी, १७ असोज । बडादशैँ पर्वको अवसरमा म्याग्दीको रघुगंगा गाउँपालिका –२ राखु भगतवी पखटोलमा युवाहरु मिलेर लिङ्गे पिङ तयार पारेका छन् । नेपालीहरुको महान चार्ड विजया दशमीको अवसरमा परम्परागत रुपमा मनोरञ्जनका लागि पिङ खेलेर रमाईलो गर्ने प्रचलन अनुसार चौतारी युवा क्लवको अगुवाईमा हरेक बर्ष दसैँमा लिङ्गे पिङलाई बनाउदै आएका छन् । पिङमा बढी बालबालिकाहरु रमाएका छन् ।

दशैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमीनबाट पाउ अर्थात् खुट्टा हटाउनै पर्ने मान्यताअनुसार पखटोलमा तीन चार बर्षदेखि युवाहरु मिलेर पिङ हाल्दै आएको छन् । एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलन रहेको छ ।
असत्यमाथि सत्यको बिजयी भएको उत्सवका रुपमा मनाईने दसैँमा खासगरि जमिन छाडेरै खुसीयाली मनाउने प्रचलन स्वरुप पिङ हाल्ने गरेको बुढापाकाहरु बताउँछन् । तस्विर : धिरन खत्री









