मगर संघ म्याग्दीको अध्यक्षमा लोकबहादुर पुन सर्वसम्मत
काेराेला पोस्ट २६ भदौ २०७९, आइतबार

म्याग्दी २६ भदौ । नेपाल मगर संघ म्याग्दीको नयाँ नेतृत्व चयन गरिएको छ । शनिवार सम्पन्न जिल्ला समन्वय समितिको आठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा लोकबहादुर पुन ‘लोकेश’ को अध्यक्षतामा नया कार्य समिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा खम थापा, सचिवमा हिराबहादुर पुन, कोषाध्यक्षमा विष्णुकुमारी रोका, सह–सचिवमा रमेश फगामी चयन हुनुभएको छ ।

नवनिर्वाचत अध्यक्ष पुनले मगर समुदायको मौलिक भाषा, कला र संस्कृतिको जर्गेना गर्ने र नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउने गरि अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

सोही अवसरमा नेपाल मगर विद्यार्थी संघको नवौं अधिवेशनबाट दलबहादुर रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्षमा भरत अर्मजा, सचिव ज्योति पुन, सहसचिव रविना पुन, कोषाध्यक्ष लक्ष्मी पुन रहनुभएको छ ।