म्याग्दी, २० भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले म्याग्दीले सर्वसम्मत रुपमा उम्मेदवारको सिफारिस गरेको छ । सोमबार बेनीमा सम्पन्न पार्टीको जिल्ला कमिटीको बैठकबाट निवर्तमान जिल्ला अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सदस्य रहनुभएका हरिकृष्ण श्रेष्ठलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउन सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो ।




