दुखुखोलाको सडक पुल
काेराेला पोस्ट ११ भदौ २०७९, शनिबार


बेनी, ११ भदौ । मंगला र मालिका गाउँपलिकाको सिमानामा रहेको दुखुखोलाको सडक पुल जोखिमपुर्ण बनेको छ । ग्याविन पर्खाल निर्माण गरेर मर्मत र पुल संरक्षण गरेर यातायात संचालन गरेपनि खोलाको भाग गहिरिएको कारण पुल जोखिमपुर्ण अवस्थामा देखिएको छ । सदरमुकाम बेनीसंग जोडिएको बेनी दरवाङ सडक खण्डले मंगला, मालिका र धवलागिरी गाउँपालिका बासी यातायातमा आवातजावात गर्ने पुल हो । जोखिमपूर्ण अवस्थामा रहेको पुलको विकल्प तथा मर्मतमा सराकोरवालाहरुको ध्यान जानुपर्ने देखिन्छ ।