म्याग्दी ४ भदौ । नेकपा एमाले बेनी नगर कमिटीले नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले केन्द्रिय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले श्रमिक, मजदुर तथा किसानहरुको हितमा नरही पुँजीपतिको पक्षमा उभिनेहरुलाई कम्युनिष्ट भन्न नमिल्ने बताउनुभयो ।
प्रमुख प्रशिक्षक समेत रहनुभएका उपसचिव गुरुङले सवैभन्दा ठुलो शक्ति आत्म विश्वास हो भन्दै आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा आफ्नो पार्टीको शक्ति, संगठन र विचारलाई विश्वास गरि जनता सामु प्रस्तुत हुन नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गर्नुभएको हो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले स्थानीय तह निर्वाचनको समिक्षा तथा आगामी निर्वाचनको तयारी, र जिल्ला कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख बालकृष्ण सुवेदीले पार्टी र स्थानीय तहका जनप्रतिनिधि विचको सम्वन्धको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा बेनी नगरकमिटीको पदाधिकारी तथा सदस्यहरु, बेनी नगरपालिका वडा नम्वर १, ५, ६, ८ र १० नम्वर वडाका जनप्रतिनिधिहरु, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु लगायतको सहभागीता रहेको बेनी नगर कमिटीले जनाएको छ ।
कार्यक्रममा नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीको अध्यक्षता भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य नरदेवी पुन, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला कमिटी अध्यक्ष देवेन्द्र कटुवाल लगायत नेताहरुको उपस्थित रहेको थियो ।




