नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पुर्नगठन
काेराेला पोस्ट ३० श्रावण २०७९, सोमबार


म्याग्दी, ३० साउन । नेपाली कांग्रेस निकट नेपाल राष्ट्रिय मगर संघ मयाग्दीको पुर्नगठन तथा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ। आइतबार गलेश्वरमा सम्पन्न राष्ट्रिय मगर संघको अधिवेशनबाट अध्यक्षमा पुनः हिराबहादुर पुन चयन हुनुभएको छ ।

कार्यसमितिको उपाध्यक्षमा देबी बुढा मगर, सचिवमा देव राना मगर र ललिता तिलिजा, सहसचिवमा लोकबहादुर पुन र बिक्रम बुढाथोकी, कोषाध्यक्षमा रामदेबी पुन चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा तमबहादुर चोचाङ्गी, लोकबादुर फगामी, बुद्धिमाया शेरपुजा, सरिता गर्बुजा, सु.काजिमान रोका, पिपला बुढा, चिना पुन, श्याम बुढा, दुर्गा रोका, टेकबहादुर फगामी, मनबहादुर रोका, हिरा बहादुर पुन र दुर्गा शेर्पुजा चयन हुनुभएको छ ।

यसैगरी राष्ट्रिय मगर संघको आगामी संघिय महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधिहरुमा हिराबहादुर पुन, देबी बुढा मगर, देब राना मगर, तुल्सीदेबी पुर्जा मगर, खिमकुमारी पुर्जा मगर, रामदेबी पुन मगर, हिराबहादुर पुन मगर, बुद्धिमाया शेर्पुजा मगर, विरेन्द्र बुढाथोकी र रोशन पुन मगर चयन हुनुभएको छ।

अधिवेशनर्मा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ लगायतको उपस्थित रहेको थियो ।