म्याग्दी, २७ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५ मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजा आजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो लागेको छ। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । दुई देखि तीन यात्रा गरेर खयरलेकमा करिव ७ सय भक्तजनले दर्शन तथा पूजा गरेका छन्। समुद्री सतहदेखि चार हजार ६ सय मिटर उचाईमा रहेको खयरभारानी रहेको छ ।









