मुस्ताङ, १५ साउन । मुस्ताङको उत्तरी कोरलानाका जोड्ने (बेनी–जोमसोम–कोरला) सडकमा १९ वटा पुल रहेको आयोजनाले जनाएको छ । जसमध्ये ५ वटा पुल सम्पन्न भईसकेको छ भने बाँकी १४ वटा पुल निर्माणधिन अवस्थामा रहेका छन् ।
कोरला सडक अन्तर्गत म्याग्दीतर्फ २ वटा र मुस्ताङतर्फ ३ वटा पुल सम्पन्न भएको आयोजना प्रमुख प्रजापतीले बताए । निर्माणधिन र निर्माण सम्पन्न भईसकेका सबै पुल गरी १ अर्ब २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।
म्याग्दी खण्डको राहुघाट खोला र म्याग्दी दानाको घट्टे खोलामा पक्की पुल सम्पन्न भएको छ । यसैगरी मुस्ताङखण्डतर्फ लेते खोला,स्याङ खोला र पान्डा खोला पुल निर्माण सम्पन्न भएको आयोजनाको भनाई छ ।
यस्तै ,निर्माणधिन अवस्थामा रहेका पुल मध्ये रुप्से खोला, खहरे खोला, काईको खोला, लार्जुङ खोला, छाक्ताङ खोला, मार्फा खोला, छुसाङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला, किम्लिङ खोला,नाम्डोक खोला र भर्मा खोला लगायत छ । ईमुस्ताङबाट साभार ।




