म्याग्दी, ८ साउन । सदरमुकाम बेनीबाट संचालित क्योदाई एजुकेशन कन्सल्टेन्सीले प्रथम वार्षिक उत्सव मनाएको छ । स्थापनाको एक वर्ष पुरा गरेको अवसरमा शनिबार बार्षिक उत्सव मनाएको हो ।
कन्सल्टेन्सीको संस्थापक अध्यक्ष विमलराज ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्ययन र रोजगारीको शिलशिलामा जापान जान चाहनेहरुका लागि लक्षित गरेर प्रशिक्षण समेत दिइएको थियो ।
क्योदाई एजुकेशन कन्सल्टेन्सिबाट भाषा अध्ययन तथा भिजा प्रोसेस गरेर यो अवधिमा हाल सम्म १९ जना जापान गईसकेको कन्सल्टेन्सीको संचालक÷प्रवन्ध निर्देशक नविन खत्रीले जानकारी दिए । वार्षिक उत्सवकै दिन जापानको सेन्डाईमा पनि सम्पर्क कार्यालय संचालनमा ल्याईएको खत्रीले बताए ।
कार्यक्रममा सहभागीहरुले अध्ययनका लागि जापान जान आवश्यक प्रक्रिया तथा त्यहाँ पुगिसकेपछि अध्ययन र रोजगारको अवस्थाको बारेमा समेत जिज्ञासा राखेका थिए ।
कार्यक्रममा कन्सल्टेन्सीका संचालक खत्रीको अध्यक्षता, भाषा प्रशिक्षक शुशिल खड्काको स्वागत र सन्तोष कुँवरको संचालनमा रहेको कार्यक्रममा विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।




