मालिका गाउँपालिकाको पुँजीगत खर्च ६९ प्रतिशत
काेराेला पोस्ट २ श्रावण २०७९, सोमबार

म्याग्दी, ३१ असार । मालिका गाउँपालिकाले आर्थिक बर्ष २०७८÷०७९ मा पँुजीगत खर्च ६९.२३ प्रतिशत गरेको छ । मालिकाको कुल बजेटमध्ये पुँजीगत शिर्षकमा रहेको २३ करोड ३७ लाख १४ हजार ७२१ रुपैयाँ बजेटमा १६ लाख १७हजार ९४ हजार ७८० रुपैया (८९.२३ प्रतिशत) खर्च भएको हो ।

पुँजीगत तर्फ ७ करोड १९ लाख १९ हजार रुपैयाँ बजेट विकासतर्फ खर्च हुन नसकेको लेखापाल सागर पौडेलले जानकारी दिए । सो बजेट राज्य कोषमा फिर्ता हुने छ ।

त्यस्तै चालुतर्फ रहेको २७ करोड १० लदाख ३२ हजार रुपैया बजेटमध्ये २१ करोड ७० लाख ३० हजार ६३१ रुपैयाँ अर्थात ८०.८ प्रतिश बजेट खर्च भएको लेखापालले जानकारी दिएका छन् ।

गत आवमा रहेको कुल ५० करोड ४७ लाख ४६ हजार ७२१ रुपैयाँ बजेटमध्ये ३७ करोड ८८ लाख २५ हजार ४१२ रुपैयाँ बजेट अर्थात ७५.०५ प्रतिशत खर्च भएको छ ।

सो बजेट सामाजिक, शिक्षा, स्वास्थ्य, पुर्वाधार, कार्यालय संचालन लगायत क्षेत्रमा खर्च भएको देखिन्छ ।