सामाजिक विकास कार्यालयको बार्षिक उपलब्धी सार्वजनिक
काेराेला पोस्ट ३० असार २०७९, बिहिबार

म्याग्दी ३० असार । सामाजिक विकास कार्यालय म्याग्दीले आर्थिक बर्ष २०७८/०७९ मा सम्पादन गरेका कार्यक्रम तथा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । विहिवार कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुबिच उपलब्धिहरुको बारेमा जानकारी गराएको हो । चालु आर्थिक बर्षमा कार्यालयले कुल रु ३ करोड २१ लख ५८ हजार बजेटमध्ये रु २ करोड ६ हजार खर्च भएको जनाएको छ । कार्यालयले चालु तर्फ रु ६४ लाख ८१ हजार र पुंजिगततर्फ रु १ करोड ३५ लाख २५ हजार खर्च भएको जनाएको छ ।

यस बर्ष सामाजिक विकास कार्यालय मार्फत २ वटा सामुदायिध भवन, ३ वटा आमा समुहको भवन निर्माण भएका छन भने ३ वटा मन्दीर संरक्षण गरिएको छ । ४ वटा विद्यालयमा घेरावार तथा प्रवेशद्धार निर्माण, १ वटा कृषि वस्तु संकलन केन्द्र, १ वटा धारा पोखरी निर्माण र र एक वटा वडा कार्यालय भवन निर्माण सुरु गरिएको योजना अधिकृत बावुराम आचार्यले जानकारी दिए । यस बर्ष कार्यालयले गण्डकी समाज सभ्य समाज, ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण, सामाजिक कुरीति विरुद्धको अभियान सञ्चालन, बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन, जिल्ला बाल सञ्जाल गठन तथा परिचालन, अपांगता भएका व्यक्तिहरुलाई सहायता सामाग्री, युवा क्लबलाई खेलकुदका सामाग्री वितरण संगे विभिन्न जनचेतनामुलक अभियान सञ्चालन गरेको कार्यालय प्रमुख रमेश थापाले जानकारी गराए ।

उन्का अनुसार, कार्यालयले स्थापनाको पहिलो बर्षमा बालबालिका, ज्येष्ठ नागरिक, महिला, दलित, अपांगता भएका नागरिक लगायतका क्षेत्रलाई प्राथमिकता दिएर क्षमता अभिबृद्धि र जनचेतनामुलक अभियान सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले सामाजिक क्षेत्रको जागरणले समाजमा सकरात्मक परिवर्तन ल्याउन सकिने बताउँदै स्थानीय तह र सरोकारवाला निकायसंग समन्वय गर्दै आफ्ना कार्यक्रम र गतिविधिलाई थप प्रभाबकारी बनाउतर्फ लाग्न सुझाब दिए । त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई राज्यका सेवा र सुविधाहरु सरल र सहज रुपमा उपलब्ध गराउनका लागि स्थानीय तहहरु र सम्बद्ध निकायहरुले ध्यान दिन आबश्यक रहेकोमा जोड दिए ।