मंगलाले १३ औँ गाउँसभाबाट ४२ करोड ३४ लाखको बजेट सार्वजनिक
काेराेला पोस्ट ११ असार २०७९, शनिबार


म्याग्दी, ११ असार। मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० का लागि ४२ करोड ३४ लाख ७० हजवार रुपैया बजेट सार्वजनिक गरेको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले सो बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभामा प्रस्तु भएको बजेटमा चालुतर्फ २७ करोड ७९ लाख ७० हजार रुपैया र पुँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ । पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ । सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
तोराखेत, सल्यान, हिडी सडकलाई ५० लाख, पखेर, पिङ्गे हाँसे डाँडा सडक निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको जग्गा खरिद तथा व्यवस्थापनका लागि २ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।

सिंचाई तथा खानेपानीका लागि रु ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र कृषक संग सम्वन्धीत कार्यक्रमका लागि १ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०७९÷०८० का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति सभामा प्रस्तुत गरिएको थियो। कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ ।

अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले शुक्रबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढ्ुंगानाले जानकारी दिनुभयो ।

गाउँसभामा पालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रदेश सभा सदस्य नरदेवि पुनको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।