तारा एयर दुर्घटनामा सवार मध्ये २१ जनाको शव फेला, १ जनाको अवस्था अज्ञात
काेराेला पोस्ट १६ जेष्ठ २०७९, सोमबार


मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २१ जनाको शव भेटिएको छ । थासाङ गाउँपालिका–२ सानोस्वाँरेबाट २१ जनाको शव संकलन गरिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए ।

विमानमा सवार १ जनाको अवस्था अज्ञात छ । शव थासाङ गाउँपालिका–२ कोबाङ्गमा केन्द्रित गरेर सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । पहिलो चरणमा १० वटा शव लिएर हेलिकप्टर काठमाडौंको लागी टेकअफ भएको डीएसपी दानीले जानकारी दिए ।
विमानमा सवार १ जनाको दुर्घटनास्थलमा सुरक्षाकर्मीहरुले खोजी गरिरहेका छन् ।