घटनास्थल पुगेका शेरचन भन्छन् – शव चिनिने अवस्थामा छैनन्
काेराेला पोस्ट १६ जेष्ठ २०७९, सोमबार


मुस्ताङ, १६ जेठ । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा फेला परेको छ । दुर्घटनाग्रस्त क्षेत्रमा उद्धारटोली पुगेर शव संकलन गरिरहेको छ । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार, जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । ‘कोही पनि चिनिने अवस्थामा छैनन् । कसैको केही छैन, कसैको टाउको नै छैन,’ उनले भने, ‘यहाँको अवस्था भयावह छ । उनी राती नै त्यसतर्फ गएका हुन् । जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नरहेको उनले जानकारी दिए ।