मंगला– १ कुहुँमा नेकपा एमालेको प्यानल विजयी
काेराेला पोस्ट ३१ बैशाख २०७९, शनिबार


म्याग्दीको मंगला गाउँपालिका– १ कुहुँको वडा अध्यक्षमा नेकपा एमालेका एकजित रोकासहित प्यानल विजयी भएको छ । एमालेका वडा कमिटीका अध्यक्ष रहनुभएका रोकासहित एमालेको प्यानल विजयी भएको हो । वडासदस्यमा ओमकार शेरपुञ्जा, नरबहादुर खत्री, संगिता किसान, दिलकुमारी खत्री विजयी हुनुभएको छ ।