म्याग्दी, २० बैशाख । स्थानीय तह निर्वाचनले रघुगंगा गाउँपालिका–६ पाखापानीकी मीना विश्वकर्मा चर्चामा रहेकी छन् । हेर्दा सामान्य पोशाक देखिने विक वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विश्वकर्मा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्ष पदमा उम्मेद्वार बनेकी छन् ।

मनोनयन दर्ताको अघिल्लो दिनसम्म घरमा सानो छोरा र खेतीपातीसंगै घरको काममा ब्यस्त थिईन सत्ताइस बर्षीय मिना विश्वकर्मा। क्षत्री र जनजातीको बाहुल्य रहेको रघुगंगा गाउँपालिकामा मनोनयन दर्ताअघि नेपाली कांग्रेस र नेकपा एमालले उम्मेद्वार टुंगाएरका थिए । तर, नेकपा माओवादी केन्द्रले उम्मेद्वार टुंगो लगाएको थिएन् । बैशाख १२ गते बेलुकापख अध्यक्ष विकसंगै उपाध्यक्षमा रिमबहादुर कटुवालको उम्मेद्वारी दर्ता गराएकी थिईन । तर, उनी चर्चाको पात्रमा जिल्लाका मिडिया र प्रतिस्पधी दलले सामान्य रुपमा सहज रुपमा लिए । माध्यमिक तहसम्मको अध्ययन पुरा गर्नुभएकी विश्वकर्मालाई पार्टीले गाउँपालिका अध्यक्षमा उम्मेदवार बनाएपछि टोलटोलमा पुगेर घरदैलोको दौडाहामा ब्यस्त बन्नुभयो । उनलाई कसैलेपनि चिनेको थिएन् । चुनावी प्रतिस्पर्धा बढ्दै गयो, उनीभित्रको लुकेको प्रतिभाभित्र भोकेको समस्या उजागर हुदै गयो ।

उम्मेदवारी दर्तासंगै तीन बर्षको बच्चा लिएर घरदैलो अभियानको क्रममा टोल–टोल, वडावडामा हुने कोणसभामा उनले प्रस्तुत गरेको भाषण सुनेर नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेता एवम् गाउँ–गाउँका मतदाताको आखामा आसु खसाल्ने वातावरण सिर्जना गर्नुभयो । मिनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्नेहरुको आखाँमा आसु खसाल्न पर्ने अवस्था सिर्जना गर्नुभयो । मतदातापनि आफ्ना समाजमा हेपिएर लुकेर रहेको समस्या उजागर गराउन विक आएको अनुभुति दलित महिलाहरुलाई अनुभुति गर्नुभएको थियो ।
स्थानीय तह निर्वाचन अघि गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदको उम्मेद्वारको चर्चा हुदाँ उन्को नाम चर्चामा थिए्न । पार्टीको साधारण कार्यकर्ता भएको नाताले सुरुमा धेरैले मिनालाई साधारण रुपमा लिए । चुनावको सरगर्मी बढ्दै गयो उहाँले प्रतिस्पर्धी पाटीका उम्मेद्वारलाई चुनौती थप्दै जानुभएको छ ।
घरदैलो अभियानको क्रममा बच्चा बोकेर घरमा पुग्दा मतदाताले उनलाई सदभाव र मतदिने प्रतिवद्धताले उनलाई खुशी दिलाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मीना विश्वकर्मालाई स्थानीय मतदाता एवम् नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उहाँलाई खुट्टा ढोगेर बिजयीको शुभकामना दिनुभएको थियो ।
स्थानीय तह निर्वाचनमा विकले जन्मथलोबाट चुनाबी अभियान सुरु गरेकी थिईन । ‘‘सदरमुकाम बेनी घर र माईतमा आवातजावातसंगै घरमा काममा ब्यस्त थिए, अहिल्य उम्मेदवार बनेर घरदैलोमा पुग्दा सबैको माया र सदभावले हौसला बढेको छ, उम्मेद्वार मात्र नभएर अन्य समयमा महिलाहरुको पक्षमा राजनीतिक सक्रियता बढाउने अठोट मतदाताले दिएको अनुभव सुनाईन ।”
रघुगंगा गाउँपालिका–२ भगवतीमा आयोजित चुनाबी सभामा अध्यक्ष पदकी उम्मेदवार मिना विकले दलित र महिलाहरुको हकहितको लागि रघुगंगाको नेतृत्वमा दलित महिलालाई पु¥याउने अवसर रघुगंगाबासी दाजुभाई तथा दिदिबहिनीहरुले हातमा रहेको बताउनुभयो । उहाँले पैसावालाहरुको राजनीति हो भन्ने अवस्थालाई निराकरण गर्ने अवसर मतदातामा आएको भन्नुभयो । ‘संघियताको मर्म अुनसार गरिब, विपन्न, महिला र दलितहरुको जिवनस्तरमा सुधार ल्याउने पक्षमा काम गर्नका लागि नेतृत्वमा पु¥याउन मतदातालाई आग्रह गर्नुभएको थियो । दलित र महिलाहरुको बाहुल्य रहेको रघुगंगामा दलित महिलाहरु पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वास दिलाउन गाउँ–गाउँमा पुगेर मत मागेर सहयोग गर्न रघुंगगा बासीलाई आग्रह गनुर्भएको छ।
उनले रघुगंगा गाउँपालिकाको वडानम्वर १ बेग, २ भगवती, ३ पिप्लेमा घरदैलो गरिसकेकी छन् ।भने, वडानम्वर ४, दग्नाम, ५ झिँ, ६ पाखापानी, ७ चिमखोला र ८ कुईनमंगलेमा गाउँपालिका कमिटीले उनलाई पु¥याउने समयतालिका बनाएको छ । उन्को उम्मेद्वारीलाई प्रचारप्रसार तथा मत माग्दै घरदैलो अभियानमा गण्डकी प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका नेता विनोद केसी उपाध्यक्ष पदका उम्मेद्वार रिमबहादुर कटुवाल र गाउँपालिका कमिटी अध्यक्ष हरि भण्डारी लगायतका नेताहरुले साथ दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदकी एक मात्र दलित महिला उम्मेदवार विक मात्र भएको बताउनुभयो । उनीसंगै चुनावी मैदानमा उत्रिएकी मिनाकोे प्रतिस्पर्धामा एमालेका प्रेमबहादुर कार्की, नेपाली कांग्रेसका भवबहादुर भण्डारी र स्वतन्त्र उम्मेदवार सागर भण्डारी छन् । रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताउनुभयो । १४ वटा मतदानस्थल र १९ मतदान केन्द्र भएको रघुगंगा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् ।




