गाउँघरमा निर्वाचनको चहलपहल बढ्यो
काेराेला पोस्ट १८ बैशाख २०७९, आइतबार


म्याग्दी, १८ बैशाख । आसन्न बैशाख ३० गते हुने निर्वाचनको सरगर्मी बढेसँगै गाउँघरमा मानिसको चहलपहल बढेको छ । निर्वाचनमा खट्ने क्रममा नेता तथा कार्यकर्ताका कारण बजारसँगै ग्रामीण क्षेत्रमा चहलपहलसमेत बढेको हो ।

निर्वाचनका गतिविधिका कारण व्यापार व्यवसायमासमेत वृद्धि भएको छ । जनता तथा नेताहरूले निर्वाचनलाई उत्सवको रूपमा लिएका छन् । उम्मेदवार निर्वाचनको प्रचार सामग्री बनाउन आउने भएकोले छापाखाना सञ्चालन खुसी देखिएका छन् । त्यस्तै नेता तथा कार्यकर्ता भोट माग्नका लागि गाउँतिर पसेका कारण ग्रामीण भेगमासमेत निर्वाचनको प्रभाव देखिएको छ ।