गुर्जामा सर्वसम्मत वडाका जनप्रतिनिधि निर्वाचित
काेराेला पोस्ट १६ बैशाख २०७९, शुक्रबार


म्याग्दी १६ वैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट चयन हुने नयाँ कार्यकालका लागि म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाको वडा अध्यक्षमा झक छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।

उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुँदासम्म वडा अध्यक्षमा छन्त्यालको मात्रै नाम कायम भएपछि उहाँ निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धवलागिरिमा माओवादी र काँग्रेसको गठबन्धनबाट खुला वडा सदस्यमा केआईसिंह छन्त्याल, गुनराम छन्त्याल, महिला सदस्यमा सिता कुमारी छन्त्याल र दलितमहिला सदस्यमा सतमायाँ विक निर्विरोध हुनुभएको छ ।

यहाँ काँग्रेसबाट दुई, माओवादीबाट दुई र स्वतन्त्रबाट एक जना गरि सर्वसम्मत रुपमा वडाको जनप्रतिनिधिको छनौट गरिएको जनाइएको छ । काँग्रेस र स्वतन्त्रबाट वडा अध्यक्ष र सदस्यहरुमा परेको मनोनयन फिर्ता भएपछि जिल्लाको गुर्जामा सर्वसम्मत रुपमा वडाका जनप्रतिनिधि चुनिएका छन् ।