म्याग्दी, १३ बैशाख । रघुगंगा गाउँपालिकामा ४२ पदका लागि १४१ जनाको मनोनयन दर्ता भएको छ । रघुगंगामा गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार गरेर सो संख्यामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले गाउँपालिकाको अध्यक्षमा ५ जना, उपाध्यक्षमा चार जना, वडा अध्यक्षमा ३१ जना, महिला सदस्यमा २३ जना, दलित महिला सदस्यमा २६ जना र खुल्ला वडा सदस्यमा ५२ जनासहित १४१ जनाको उम्मेदवारी दर्ता भएको जानकारी दिनुभयो ।
गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट भवबहादुर भण्डारी, एमालेबाट पे्रमबहादुर काकी (दिपक), माओवादी केन्द्रबाट मिना विक, नेशनल मंगोल अर्गनाइजेशनबाट तुलप्रसाद गर्वुजा र स्वतन्त्र उम्मेदवारबाट सागर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपाध्यक्षमा पदमा कांग्रेसबाट पे्रमकुमारी पुन, एमालेबाट यामकुमारी गर्वुजा, माओवादी केन्द्रबाट रिमबहादुर कटुवाल र स्वतन्त्रबाट अनुरोध रिजालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।




