मालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन
काेराेला पोस्ट १३ बैशाख २०७९, मंगलबार

म्याग्दी, १३ वैशाख । म्याग्दीको मालिका गाउँपालिकामा ३७ पदका लागि १४७ जनाको मनोनयन दर्ता भएको छ । दरवाङमा निर्वाचन अधिकृतको कार्यालयका अनुसार गाउँपालिका अध्यक्षमा चार र उपाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ ।

माओवादी केन्द्रबाट रेशम बहादुर जुग्जाली, उपाध्यक्षमा गौरी सेन्चुरी, नेपाली कांग्रेसबाट अध्यक्षमा श्रीप्रसाद रोका र उपाध्यक्षमा पिपला बुढा मगर, नेकपा एमालेबाट अध्यक्षमा बेगप्रसाद गर्वुजा र उपाध्यक्षमा लक्ष्मी पुन, नेश्नल मंगोल अर्गनाइजेसशनबाट अध्यक्षमा खम बहादुर रोका र उपाध्यक्षमा धनदेवि घर्ति पुनको उम्मेदवारी परेको छ ।