एमालेद्वारा रघुगंगाको अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्वुजा उम्मेदवारी दर्ता
काेराेला पोस्ट १२ बैशाख २०७९, सोमबार

म्याग्दी १२ वैशाख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

सोमबार गाउँपालिकाको केन्द्र मौवाफाटँमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष पदको उम्मेदवारमा प्रेमबहादुर कार्की (दीपक) र उपाध्यक्षमा यामकुमारी गर्वुजाले मनोनयन दर्ता गर्नुभएको हो ।
एमालेले रघुगंगा गाउँपालिका–३ रानीपौवा निवासी कार्कीलाई अध्यक्ष र सोही वडाको मौवाफाँट निवासी गर्वुजालाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

एमालेबाट रघुगंगा १ बेगखोलाको वडा अध्यक्ष धनबहादुर गर्वुजा, २ भगवतीको अध्यक्षा अमृत भण्डारी, ३ पिप्लेको अध्यक्षमा खिमबहादुर शाही, ४ दग्नामको अध्यक्षमा इन्द्रमान थजाली, ५ झिँको अध्यक्षमा तेजु शेर्पुञ्जा, ६ पाखापानीको अध्यक्षमा शम्सेर पाईजा, ७ चिमखोलाको अध्यक्षमा रिम पाईजा र ८ कुइनेमंगलेको अध्यक्षमा तेजिन फगामीले आफ्ना सदस्यहरु सहित उम्मेदवारी दर्ता गराउनुभएको छ ।