म्याग्दी, १२ बैशाख। नेकपा एमालेबाट बेनी नगरपालिकाको मेयरमा पाटीका जिल्ला सचिव सुरज केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर केसीले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट नगरपालिकाको उपमेयरमा पशुपती शाहीले उम्मेदवारी दर्ता गर्नुभएको छ । एमाले प्रदेश कमिटीले सोमबार नै मेयर र उपमेयरको टुंगो लगाएको थियो ।




