बेनी नगरको मेयर र उपमेयरमा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता
काेराेला पोस्ट १२ बैशाख २०७९, सोमबार


म्याग्दी, १२ बैशाख । नेकपा ( माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको मेयरमा धनलाल जैसीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर जैसीले उम्मेदवारी दर्ता गर्नुभएको छ। नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रबाट युवा नेतृ ज्योती लामिछानेले उम्मेदवारी दर्ता गर्नुभएको छ ।