म्याग्दी, १० बैशाख । जिल्लाको धवलागिरी गाउँपालिकामा वडातहमै गठबन्धन गरी बाडफाँडमा शुक्रबार सहमति जुटेको छ । गाउँपालिकामा ७ वटै वडातहसम्म तालमेल गर्ने गरी सत्तारुढ पाँच दलीय गठबन्धनमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रबिच स्थानीय तहको प्रमुख र उपप्रमुख, वडा अध्यक्षको सिट बाँडफाँड गरी भागबन्डा टुंगो लगाएको नेपाली कांग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।
दुई राजनीतिक दलबीच भएको लिखित सहमतिअनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका प्रेम पुनलाई उठाउने निर्णय गरेको छ । भने माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा रेशम पुनलाई उम्मेदवार बनाउने सहमति भएको धवलागिरी गाउँपालिका कमिटि सचिव रेशम पुनले जानकारी दिनुभयो ।




