कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मा सर्वसम्मत
काेराेला पोस्ट २ बैशाख २०७९, शुक्रबार


म्याग्दी, २ बैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा चिरञ्जीवी शर्मालाई सर्वसम्मत गरेको छ । नेपाली कांग्रेस म्याग्दीको शुक्रबार बसेको पदाधिकारी बैठकले नगरपालिकाको मेयरमा महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विहिवार नेपाली कांग्रेस बेनी नगरसमितिको बैठकले मेयरको आँकाक्षी १० जनाको नाम सिफारिस गरेकोमा जिल्ला कार्यसमितिको पदाधिकारी बैठकले बाँकी ९ जनाकै समर्थनमा शर्मालाई सर्वसम्मत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेस म्याग्दीका सचिब भरतबहादुर रकालले जानकारी दिए ।

कांग्रेसबाट मेयरको उम्मेदवार बन्न लाग्नुभएका बेनी नगरपालिका–१० पात्लेखेत निवासी शर्मा काँग्रेसको महाधिवेशन प्रतिनिधि र अधिबक्ता समेत हुनुहुन्छ । कांग्रेसले उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन् ।