म्याग्दी जेसिजद्वारा नव बर्षको क्यालेनडर विमोचन
काेराेला पोस्ट ३० चैत्र २०७८, बुधबार


म्याग्दी, ३० चैत । म्याग्दी जेसीजको आयोजनामा नव वर्ष (२०७९) को शुभकामना आदान प्रदान, क्यालेन्डर विमोचन तथा उत्कृष्ट फोटोग्राफर पुरस्कृत कार्यक्रम सम्पन्न भएको छ ।

जेसीजका शाखा अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष सिनेटर रमेशकुमार श्रेष्ठ, पूर्व राष्ट्रिय सिनेटर धनञ्जयकुमार श्रेष्ठ लगायतका पूर्व अध्यक्षहरुले क्यालेन्डरको विमोचन गरेका हुन । सहभागीहरुले एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए ।

त्यसैगरी म्याग्दी जेसीजले आयोजना गरेको उत्कृष्ट फोटो ग्राफीका उत्कृष्ट फोटो ग्राफरहरुलाई समेत पुरस्कृत गरेको थियो । छवि आचार्य, पूर्ण जुग्जाली, कृष्णराज पौडेललाई नगद सहित सम्मान पत्रले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा स्वागत वरिष्ट कार्यकारिणी उपाध्यक्ष जेसी हरि भण्डारी सञ्चालन जेसी सलोना खड्का र जेसी दिनेशकुमार विश्वकर्माले गरेका थिए ।

जेसिजद्वारा तातापानी कुण्डलाई ह्वील चियर सहयोग


म्याग्दी जेसिजले तातोपानी कुण्डलाई एक वटा ह्वील चियर र दुई सेट वैशाखी सहयोग गरेको छ । मंगलबार तातोपानी कुण्ड परिसरमा म्याग्दी जेसिजका अध्यक्ष सन्दिप खत्री लगायतको पुगेको टोलीले तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यलाई चियर र बैशाखी हस्तान्तरण गर्नुभएको हो ।

तातोपानी कुण्डमा स्नानका लागि आउने शारीरिक रुपमा अशक्त बिरामीलाई मध्यनजर गर्दैे सामग्री सहयोग प्रदान गरिएको म्याग्दी जेसिजका अध्यक्ष खत्रीले बताउनुभयो । ‘अशक्तताका लागि सारथी’ कार्यक्रम अनुसार कुण्डमा तत्कालका लागि एक वटा ह्वील चियर र दुई वटा बैशाखी सहयोग गरिएको र भविस्यमा आवश्यकता अनुसार फेरी पनि सहयोग प्रदान गर्न सकिने अध्यक्ष खत्रीले बताउनुभयो ।

सहयोग ग्रहण पछि बोल्दै तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले कुण्डका लागि अति आवश्यक सामग्री सहयोग गरेकोमा म्याग्दी जेसिजलाई धन्यवाद ज्ञापन गर्दै यसले कुण्डमा स्नानका लागि आउने अशक्त बिरामीहरुलाई अत्यन्तै ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठ, पूर्व शाखा अध्यक्ष एवम् राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल, पूर्व शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठ लगायत बर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संयोजक सुमन बानियाँले गर्नुभएको थियो ।