एमालेबाट मालिकाको अध्यक्षमा पुनः बेग प्रसाद गर्बुजा उम्मेदवार
काेराेला पोस्ट ३० चैत्र २०७८, बुधबार


म्याग्दी, ३० चैत। म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एमालेले पुनः बेग प्रसाद गबुर्जालाई छनौट गरेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सम्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो ।

मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका कमिटीका अध्यक्ष समेत हुनुहुन्छ । गर्बुजा २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत मालिकाको अध्यक्ष पदका लागि एमालेबाट उम्मेदवार बन्नुभएको थियो ।

यहाँ एमालेवाट गाउँपालिका उपाध्यक्ष समेत रहनु भएकी खरमायाँ विटालु समेत अध्यक्ष पदको उम्मेदवार बन्न इच्छुक हुनुहुन्थ्यो । पालिका उपाध्यक्षको उम्मेदवार भने टुङगो लागि नसकेको पालिका कमिटीले जनाएको छ ।