एमालेबाट दग्नामको वडा अध्यक्ष पदमा थजालीको उम्मेदवारी
काेराेला पोस्ट २९ चैत्र २०७८, मंगलबार


म्याग्दी, २९ चैत । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले रघुगंगा गाउँपालिका वडानम्वर ४ दग्नामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

मंगलबार भएको वडा कमिटीको बैठकले इन्द्रमान थजालीलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको रघुगंगा गाउँपालिका कमिटीका सचिव झलक आचार्यले सार्वजनिक गरेका छन् ।

वडाको खुल्ला सदस्यमा खड्कबहादुर गर्बुजा, महिला सदस्यमा जीतमाया गर्बुजा र दलित महिला सदस्यमा मनदेवी परियारलाई उम्मेद्वार बनाउने भएको छ । भने, एकजना खाली रहेको खुल्ला सदस्यमा दर्मिजाबाट उम्मेदवार बनाउने निर्णय गरेको सचिव शर्माले जानकारी दिए ।

बैठकमा गाउँपालिका कमिटी अध्यक्ष दिपक कार्कीको उपस्थित रहेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दग्नामबाट नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।