म्याग्दी, २५ चैत । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले अवरुद्ध सडक मर्मत गर्दै सुचारु गरेको छ । झण्डै ९ महिनादेखि अवरुद्ध बेनी नगरपालिका–६, अर्थुङे देउराली देखि थाकनपोखरी जोड्ने करिब १ किलोमिटर मोटरबाटो मर्मत गरेको हो ।
वाईसीएल बेनपा–६,का वडा कमिटी सचिव दिपेश बानियाँको नेतृत्वमा भएको मर्मतमा नेकपा माओवादी केन्द्रबाट आगामी स्थानीय तहमा वडा अध्यक्षका उम्मेदवार नगेन्द्र केसी सहितका यूवा नेताहरुको उपस्थिती रहेको वाईसीएल बेनी नगर कमिटीका अध्यक्ष नविन पौडेलले बताउनुभयो ।
अवरुद्ध सडक मर्मत नहुदाँ मोटरसाईकल सहितका साना सवारीसाधन समेत आवतजावतमा समस्या भएको थियो । त्यस्तै ठूला सवारीसाधन सञ्चालनमा समेत समस्या भएपछि स्थानीयले पटकपटक नगरपालिकामा समेत ध्यानार्कषण गराउँदा समेत सुनुवाई नभएपछि अस्थायी रुपमा मोटरसाईकल आवतजावत गर्न मिल्ने बनाएको छ ।




