कांग्रेसबाट बेनी नगरपालिका– ८ मा वडाअध्यक्षको उम्मेदवारमा हिमबहादुर भण्डारी
काेराेला पोस्ट २१ चैत्र २०७८, सोमबार


म्याग्दी २१ चैत । अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बेनी नगरपालिका–८ मा हिमबहादुर भण्डारीलाई सर्वसम्मत रूपमा उम्मेदवार छानेको छ ।

सोमबार वडामा आयोजित भेलाबाट हालका वडा सदस्य समेत रहनुभएका भण्डारीलाई सर्वसम्मत रूपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेपाली कांग्रेस वडा समितिले जनाएको छ । गएको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भण्डारीलाई उम्मेदवार बनाइएपनि सदस्य पदमा भने आकांक्षीहरु धेरै भएकाले सिफारिस गरिएको छ ।

वडामा सत्ता गठबन्धन बिचको तालमेललाई समेत मध्यनजर गरी वडा सदस्यहरुको पद टुंगो नलगाइएको कांग्रेस जिल्ला सचिव हिरा पुनले बताए । बेनी नगरका १० वडामा कांग्रेसबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार हुनेमा भण्डारी पहिलो हुन् ।