वडा अध्यक्षद्वारा माओवादी कार्यकर्तामाथि र्दुव्यवहार
काेराेला पोस्ट २० चैत्र २०७८, आइतबार

म्याग्दी, २० चैत । म्याग्दीको बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले सार्वजनिक स्थलमा नेकपा माओवादीका कार्यकर्तामाथि दुव्यवहार गरेका छन् । वडा अध्यक्ष बानियाँले चैत १८ गते बेनी स्थित सामुदायिक विद्यालय चोकमा आफुलाई र्दुव्यवहार गरेको बालकुमार बानियाँले बताए ।

पीडित बालकुमार बानियाँले भने, ‘आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै वडाअध्यक्ष विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन् । बिना गल्ती मलाई र्दुव्यवहार गरियो।’

जनप्रतिनिधिले आफ्नो कार्यकर्तामाथि अभद्र व्यवहार गरि सार्वजनिक स्थलमा अमानविय व्यवहार गरेको भन्दै माओवादी बेनी नगर कमिटी माओवादी केन्द्रले विरोध जनाएको छ ।

माओवादी नगर कमिटी अध्यक्ष शेरबहादुर केसीद्धारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने कार्यको भत्र्सना गर्दै यस्ता क्रियाकलापमको अन्त्य नगरेमा सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिईएको छ ।