म्याग्दी, २० चैत । नेपाली कांग्रेस म्याग्दीले ‘घर घर–जाऔं कांग्रेस जिताऔं’ अभियान अन्तर्गत शनिबार पुलाचौरमा क्षेत्रीय आम सभाको आयोजना गरेको छ । स्थानीय चुनावलाई लक्षित गरेर बेनपा–४,५ र ६ वडाले संयुक्त रुपमा आयोजना गरेको आमसभामा सम्बोधन गदैं नेपाली कांग्रेस केन्द्रिय सदस्य चम्पादेवी खड्काले स्थानीय तहको निर्वाचनमा महिलाले उम्मेदवारीमा समेत दावी गर्नुपर्ने बताउनुभयो। उहाँले वडा,पालिका र नगरस्तरमा महिलाले आफ्नो उम्मेदवारीसँगै कांग्रेसलाई जिताउने अभियानमा लाग्नुपर्ने बताउनुभयो । सभामा संविधानसभा सदस्य एवम् पूर्व सभापति रेशमबहादुर बानियाँले स्थानीय तहमा कांग्रेसलाई बिजय गराउने अभियानमा जुट्नुपर्ने बताउनुभयो ।
सभामा गण्डकी प्रदेश सदस्य अमृतदेवी बानियाँ, जिल्ला उपसभापति केबी भण्डारी, प्रदेश नं १ का क्षत्रिय सभापति ओम छन्त्याल, पूर्व सहसभापति नेत्रबहादुर महत, पूर्व उपसभापति माधबप्रसाद रेग्मी, पूर्व सचिव मिनबहादुर कार्की लगायले बोल्नुभएको थियो । सोही अवसरमा जमुना पौडेलको अध्यक्षतामा महिला संघ समेत गठन गरिएको थियो । यसैबीच जिल्लाको बेनी नगरपालिका–३,भकिम्लीको डोले र बेनपा ९ तोरीपानीमा समेत वडास्तरीय सभा सम्पन्न भएको छ । कांग्रेसले एकसाताभित्र वडा र पालिकाको उम्मेदवार टुंगो लगाउने जनाएको छ ।




