म्याग्दीमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरू
काेराेला पोस्ट ३० फाल्गुन २०७८, सोमबार


म्याग्दी, ३० फागुन । नेपाली कांग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै पालिकाको प्रत्येक वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि अभियान सुरु भएको हो ।

एक महिनाको जागरण अभियानको क्रममा पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले एक महिने अभियानले पार्टीलाई बलियो बनाउँनमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरिन । ‘केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टचारको भण्डाफोर गर्नुपर्ने छ, कम्यूनिष्टको झुट र भ्रमको खेतीलाई अव सप्रिन दिनुहुन्न,‘भ्रमको नष्ट गरेपछि मात्रै अबको यात्रा सहज हुन्छ’ भन्ने धारणा राखेकी थिईन ।

कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताए । ‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ, कार्यकर्तासँग अन्तरक्रिया गदैं समस्या बुझ्छौं र समाधानको बोटो खोज्नेछौं’ सभापति गर्बुजाले भने ।

कार्यक्रममा कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी ,पुर्व सहसभापति नेत्रबहादुर महत ,सचिव भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन, सहसचिव श्रीराम पौडेल लगायतले मन्तब्य राखेका थिए । अभियानमा जिल्लाका सबै पालिकामा एक जनालाई जिम्मेवारी दिइएको छ ।