बेनी, २४ फागुन । “सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको लागि सुनिश्चितता” भन्ने मुल नाराका साथ ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।
बेनी नगरपालिकाको आयोजनामा मंगलबार सदरमुकाम बेनीमा महिलाहरुले नै बजाएको पञ्चेबाजा सहित ¥याली निकालिएको थियो । नगरपालिकाले उज्यालो बैकल्पीक विद्यालयबाट एसइइ उतिर्ण गरेका महिलाहरुलाई सम्मानसहित लठ्ठो तान्ने प्रतियोगिता राखेको छ ।

प्रभातफेरीसंगै जिल्ला समन्वय समितिको सभाहलमा उपमेयर सञ्जु बरुवालको अध्यक्षतामा गरिएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनले गर्नुभएको थियो । कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसी, मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतितिनिधिहरुको उपस्थित रहेको थियो ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।











