म्याग्दी, १७ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पुजाआजाका लागि भक्तजनहरुको भिड बढेको छ । म्याग्दीका ग्रामिण भेगसंगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा लगायतका ठाउँबाट भक्तजन आएका छन् ।
मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाममा हिन्दु धर्मावलम्वीहरुको साझा तिर्थस्थल मानिन्छ । गलेश्वरधामको दर्शन र पुजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास रहदै आएको छ ।




