म्याग्दी, २० माघ । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा चट्टान काटेर सडक बिस्तार गर्दै । यहाँ दैनिक ६ घण्टा यातायात सञ्चालन रोकेर सडक बिस्तार भैरहेको छ । यही माघ १० गतेदेखि २९ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवत जावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समयतालिका लागु भएको छ।




