रत्नेचौरको तोरीफाँटमा पर्यटकको भिड
काेराेला पोस्ट ५ माघ २०७८, बुधबार


म्याग्दी, ५ माघ । बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको तोरीखेतीको मनोरम दृष्यमा तस्बिर लिन पुगेका आन्तरिक पर्यटकहरु । कालोपत्रे गरिएको सडकको दायाँ र बायाँतर्फको फाँटमा गरिएको तोरीखेतिको पहेँलपुर दृष्यमा रमाउन दिनहुँ आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ । रत्नेचौरको कालोपत्रे सडकसगै फुलेको तोरीबारीमा फोटो र टिकटक बनाउनेको भिड बढेको छ । तस्विर : धिरन खत्री ।