म्याग्दी, २३ पुस । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् ।

अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ । खुल्लाबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिसहित ५ जना खुल्ला पदाधिकारी हुने पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । आगामी पाटी नेतृत्वका लागि नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देवेन्द्रबहादुर केसी र सचिव बालकृष्ण सुवेदीको चर्चा रहेको छ।










