म्याग्दी १९ पुष । बेनी नगरपालिका–४ सिंगा तातोपानाीमा आयोजित पत्रकारको क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छे । तीन दिनसम्म संचालन भएको तालिमको सहजिकरण नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा र अन्नपूर्ण पोष्ट्का संबाददाता कृष्णमणी बरालले सहजिकरण गर्नुभएको थियो । तालिमा उपस्थित पत्रकारलाई खोज, फिचर, फोटो र भिडियो सम्बन्धी प्राबिधिक तथा ब्यवहारिक ज्ञान तालिममा उपलब्ध गराइएको थियो ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र जिल्ला समन्वय समिति म्याग्दीको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको समन्वयमा तीन दिनसम्मको तालिम सोमबार सकिएको थियो ।
४० जना सहभागी तालिमको समापन कार्यक्रममा रघुगंगा गाउँपलिकाका अध्यक्ष भवबहादुर भण्डारीले जनताले विश्वास गर्ने खोजमूलक समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गर्नुभएको थियो । उहाँले राज्यका राम्रा कामको प्रंशसा र खबरदारी गर्ने सञ्चार माध्यमको भूमिका प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो ।
प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, नेपाल उद्योग वाणिज्य संघ पुर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठ, गण्डकी प्रदेशका अध्यक्ष नारायाण शमार्र म्याग्दीका अध्यक्ष प्रकाश पौडेल लगायतले मन्तव्य राखेका थिए ।
प्रदेश सरकारको गण्डकीका ११ वटै जिल्लाका पत्रकारलाई तालिम दिने कार्यक्रम अन्तरगत म्याग्दीमा तालिम आयोजना गरिएको महासंघका प्रदेश महासचिब गोबिन्द सुबेदीले बताउनुभयो ।




