खत्रीको नेतृत्वमा सर्वसम्मत म्याग्दी जेसिजको कार्यसमिति चयन
काेराेला पोस्ट १७ पुस २०७८, शनिबार

म्याग्दी, १७ पुस । म्याग्दी जेसिजको अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । शनिबार बेनीस्थित जेसिज कार्यालयमा भएको २२ औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट खत्री नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो ।

जेसिज २०२१ कोे बरिष्ठ उपाध्यक्ष रहेका खत्रीको मात्र अध्यक्षमा उम्मेद्वार परेपछि सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका सदस्य खमथापा मगरले बताउनुभयो । समितिको बरिष्ठ उपाध्यक्षमा हरि भण्डारी, कार्यकारिणी उपाध्यक्षमा दिनेश बानियाँ, कुमार बानियाँ, महासचिवमा बिस्मा श्रेष्ठ, कानुनी सल्लाकारमा सुजन बरुवाल, उपाध्यक्षमा नवीन खत्री, सज्ज्जन श्रेष्ठ, अनिल पौडेल र जेसि बिनोद घर्ति रहेको निर्वाचन अधिकृत सुजन बरुवालले बताउनुभयो ।

त्यस्तै कोषाध्यक्षमा सुमन बानियाँ, शाखा सम्पादकमा दिनेश कुमार बिस्वकर्मा, सहसचिबमा सुनिता श्रेष्ठ, सह–कोषाध्यक्षमा सुपृया केसी, थिम डाइरेक्टरमा लोकनाथ भट्टराई, तालिम संयोजक कृष्णाप्रसाद पौडेल रहेका छन् ।

अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने जेसिजका पुर्व अध्यक्ष, २०२१ का कार्यसमिति लगायत सदस्यहरुलाई नर्वनिर्वाचित अध्यक्ष खत्रीले धन्यवाद दिनुभएको छ।