माओवादीको महाधिबेशन प्रतिनिधिमा म्याग्दीबाट चार जना
काेराेला पोस्ट ८ पुस २०७८, बिहिबार


बेनी, ८ पुष । पुष ११ देखि १३ गतेसम्म काठमाडौमा हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीका चार जना प्रतिनिधी छनौट भएका छन् ।

गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिबेशनले बिनोद केसी, टेकबहादुर बिक, रेशमबहादुर जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो । म्याग्दी जिल्ला इञ्चार्ज गोबिन्द पौडेल केन्द्रिय सम्मेलन आयोजक समितिको सदस्य छन् ।

यसअघि म्याग्दीका वडा र छ वटा पालिकामा माओवादी केन्द्रले सर्बसम्मत नेतृत्व चयन गरेको थियो ।