स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु
काेराेला पोस्ट ५ पुस २०७८, सोमबार


म्याग्दी, ५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम गाउँको फेदीमा बन्दै गरेको ४८ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह खन्दै गरेको स्काभेटर पहिरोले पुरिँदा चालकको मृत्यु भएको छ ।

तुदी पावर कम्पनीद्धारा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाको विद्युतगृह खनिरहेको अवस्थामा सोमबार विहान भिरबाट खसेको सुख्खा पहिरोले चालक सहित स्काभेटर पुरिएको थियो ।

पहिरोले स्काभेटर सहित पुरिएका रघुगंगा गाउँपालिका–२ का करिब २७ बर्षिय भिमबहादुर खत्रीको सबलाई बाहिर निकालिएको घटनास्थलमा रहनुभएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङले दिए । पहिरोले स्काभेटर संगै पुरिएपछि खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।