म्याग्दी, ५ पुस । नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत लेखबहादुर हमालको नेतृत्वमा कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा रमेश सिंह ठकुरी र बिरमाया विश्वकर्मा, सचिवमा भिम बहादुर घर्ती , कोषाध्यक्षमा मन बहादुर रोका , सह–सचिबमा कुसुम पुर्जा, सह–कोषाध्यक्षमा गौसरा घर्तीमगर चयन भएको संगठनका निवर्तमान अध्यक्ष जयराम सुवेदीले जानकारी दिए ।
खुल्ला सदस्यहरुमा बेनी नगरपालिकाबाट टेकप्रसाद सुुवेदी, मालिका गाउँपालिकाबाट करण पौडेल, रघुगंगा गाउँपालिकाबाट गणेशप्रसाद पराजुली, अन्नपुर्ण गाउँपालिकाबाट किसन पुन, धवलागिरी गाउँपालिकाबाट हरिहर सुवेदी, मंगला गाउँपालिकाबाट कृष्णप्रसाद सापकोटा, महिला सदस्य तर्फ बालकुमारी खत्री, सुनिता कटुवाल, सदस्य समावेशी तर्फ निलम पुर्जा, सुनबहादुर बिक, महाधिवेशन प्रतिनिधिमा जयराम सुवेदी ,सरला सुवेदी र शान्तबहादुर नेपाली चयन भएका छन् । शिक्षकको भेलामा संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाको उपस्थित भएको थियो ।




