मेस्सीलाई सातौं बालोन डि ओर उपाधी
काेराेला पोस्ट १४ मंसिर २०७८, मंगलबार

लिओनेल मेस्सीले सातौं पटक विश्वचर्चित पुरस्कार, ‘बालोन डि ओर’ जितेका छन्। पिएसजीका फर्वाड मेस्सीलाई गय राती पेरिसमा यस् प्रतिष्ठित उपाधीको विजेता घोषित गरिएको हो।

किर्तिमानी पटक पुरस्कार जित्ने क्रममा मेस्सीले बार्यन म्युनिखका स्ट्राइकर रोवर्ट लेवान्डस्कि र चेल्सीका मिडफिल्डर जोर्जिन्होलाई पराजित गरेको थिए।

२०२१ मा मेस्सीको सबैभन्दा ठूलो उपलब्धि अर्जेन्टिनासँग ‘कोपा अमेरिका’ जित्नु थियो। त्यसबाहेक उनले बार्सिलोनालाई पनि ‘कोपा डेल रे’ जिताएका थिए। दुबै उपाधी जित्दा मेस्सीनै नायक थिए। यस् बर्ष उनको खातामा ५६ खेलमा ४१ गोल र १७ एसिस्ट रहेको छ।

यता वरियतामा दोस्रो स्थान हात पारेका लेवान्डस्किले २०२१ मा ५४ खेल खेल्दै ६४ गोल र ९ एसिस्ट गरेका थिए। यसै बर्ष उनले बार्यनसँग कीर्तिमानी पटक बुन्डेसलिगा जितेका थिए। अघिल्लो बर्ष उनि ‘बालोन डि ओर’ जित्ने ‘फेभरेट्स’ थिए। तर अघिल्लो बर्ष कोरोनाका कारण पुरस्कार वितरण रद्द गरियो।

उक्त उपाधी नजितेपनि उनलाई बर्षको उत्कृष्ट स्ट्राइकरको पुरस्कारले सम्मान गरिएको छ।

तेस्रो स्थान पाएका जोर्जिन्होले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै चेल्सीलाई सात बर्षपछि युएफा च्याम्पियन्स लिग र इटालीलाई ५३ बर्षपछि युएफा युरो कप जिताएका थिए। उनको टिम चेल्सी बर्षको उत्कृष्ट टिमले पुरस्कृत भयो।